२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

थुम्पाखर बस दुर्घटना : घाइतेको विभिन्न अस्पतालमा उपचार

  • २०७७ माघ २१, बुधबार मा प्रकाशित ३ साल अघि
  • माघ २१, २०७७

    चौतारा : थुम्पाखरमा भएको बस दुर्घटनामा घाइते भइका १९ जनामध्ये १५ जनालाई सिन्धु सदाबहार अस्पतालबाट थप उपचारको काठमाडौंको विभिन्न अस्पतालमा पठाइएको छ।

    घाइतेको काठमाडौंको विभिन्न अस्पतालमा उपाचार भइरहेको प्रहरीले जनाएको छ। दोलखाको सिंगटीबाट काठमाडौ जाँदै गरेको रोल्वालीङ यातायात को यात्रुबाहक बस सुनकोशी गाउँपालिकास्थित ११ किलोमा दुर्घटना भएको थियो । लामोसाघु जिरी सडक खण्डमा बा २ ख २७८९ नम्बरको बस दुर्घटना भएको हो।

    दुर्घटनामा गम्भिर घाइते भएका सिन्धुपाल्चोक बलेफी —६ का ३७ वर्षका सिताराम थापा सहित दोलखा विगु—३ का जंग बहादुर ठकुरी लगाएत १५ जनालाई रिफर गरिएको हो । उनीहरुमध्ये केहीलाई शिर मेमोरियल अस्पताल, बनेपा र बाँकीलाई भने ह्याम्स हस्पिटल अस्पताल उपचार भइरहेको छ।

    सामान्य रहेकोको ४ हालसम्म सिन्धु सदावहार अस्पतालमा नै उपचार भइरहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस