२०८३ बैशाख ३०, बुधबार | Wed, 13, May, 2026

सुनकोसीमा बस दुर्घटना १९ घाइते

  • २०७७ माघ २०, मंगलबार मा प्रकाशित ५ साल अघि
  • माघ २०, २०७७

    चौतारा : दोलखाबाट काठमाडौंको लागि छुटेको रोल्वालिङ यातायातको बा ३ ख २७८९ नम्बरको यात्रुवहाक बस दुर्घटना हुँदा १९ घाइते भएका छन् ।

    दोलखा बिगु गाउँपालिका बुलुङबाट काठमाडौं काठमाडौंको लागि गुडेको बस सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ६ को ११ किलो भन्ने स्थानमा दुर्घटना हुँदा १९ यात्रु घाइते भएको जिल्ला प्रहरी प्रमुख राजन अधिकारीले जानकारी दिए ।

    घाइते हुने हरुमा १० पुरुष ८ महिला र एक बालक रहेकाछन् अन्दाजी दिउँसो १ बजे दुर्घटना भएको उक्त बस कसरी दुर्घटना भयो अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रमुख अधिकारीले बताए ।

    घाइते सबै खतरा मुक्त रहेको र घाइतेहरुको सदाबहार हस्पिटल खाडिचौर उपचार भैरहेको सचामार प्राप्त भएको छ ।

    थप विवरण आउन बाँकि छ ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस