२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

कर्मचारीको परिवार कोरोना संक्रमण भएपछि प्रशासनको सेवा बन्द

  • २०७७ आश्विन २२, बिहिबार मा प्रकाशित ४ साल अघि
  • असोज २२, २०७७
    चौताराः जिल्ला प्रशासन कार्यालयको सेवा सोमबारसम्मका बन्द भएको छ। प्रशासन कार्यालयको कर्मचारीको परिवारमा कोरोना पुष्टि भएपछि सोमबारसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द भएको हो।

    जिल्ला प्रशासन कार्यालयकी प्रशासकीय अधिकृत सुनिता पहरीले एक सुचना जारी गर्दै आजबाट सोमबारसम्मका लागि सेवा बन्द गरेको बताएकी छन्।

    ‘विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण यस कार्यालयको कर्मचारीका परिवारमा पुष्टि भएको हुुँदा यस कार्यालयबाट सम्पादन हुने शान्ति सुरक्षा र मुद्धालगायतको सेवाबाहेक सबै प्रकारका सेवाहरु बिहिबारबाट सोमबारसम्मका लागि बन्द गरिएको जानकारी गराइन्छ’ सुचनामा भनिएको छ।

    बुधबार सिन्धुपाल्चोक जिल्लामा थप ११ जनाको कोरोना पुष्टि भएको थियो। योसँगै सिन्धुपाल्चोकमा २ सय २ पुगेको छ। संक्रमितमध्ये १ सय २१ जना निको भएर फर्किएका छन्।

    सिन्धुपाल्चोकमा ५६ आइसोलेन र ८ सय ९८ क्वारेन्टाइन बेड रहेका छन्। सिन्धुपाल्चोकमा हालसम्म ४ हजार १ सय ३३ जनाको स्वाब संकलन र ४ हजार १० जनाको परिक्षण गरेको छ।

    सिन्धुपाल्चोकमा कोरोनाबाट हालसम्म ६ जनाको मृत्यु भएको छ। कोरोनाबाट नेपालमै पहिलो मृत्यु सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका ९ राम्चेमा भएको थियो। देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ०७ रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस