२०८३ कार्तिक १३, शुक्रबार | Fri, 30, Oct, 2026

सिन्धुपाल्चोकमा थप ११ जनामा कोरोना पुष्टि

  • २०७७ आश्विन २१, बुधबार मा प्रकाशित ६ साल अघि
  • असोज २१, २०७७
    चौताराः सिन्धुपाल्चोक जिल्लामा पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना पुष्टि भएको छ। सिन्धुपाल्चोकमा ११ सहित देशभर तीन हजार ४३९ संक्रमित फेला परेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले जानकारी दिए।

    योसँगै सिन्धुपाल्चोकमा २ सय १ पुगेको छ। संक्रमितमध्ये १ सय २१ जना निको भएर फर्किएका छन्। सिन्धुपाल्चोकमा ५६ आइसोलेन र ८ सय ९८ क्वारेन्टाइन बेड रहेका छन्। सिन्धुपाल्चोकमा हालसम्म ४ हजार १ सय ३३ जनाको स्वाब संकलन र ४ हजार १० जनाको परिक्षण गरेको छ।

    सिन्धुपाल्चोकमा कोरोनाबाट हालसम्म ६ जनाको मृत्यु भएको छ। कोरोनाबाट नेपालमै पहिलो मृत्यु सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका ९ राम्चेमा भएको थियो। देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ०७ रहेको छ ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    ↑