२०८१ मंसिर १८, मंगलबार | Tue, 03, Dec, 2024

विश्वमा एकै दिन थपिए साढे ६ लाख कोरोना संक्रमित

  • २०७८ श्रावण १५, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • साउन १५, २०७८

    एजेन्सी : विश्वभर कोरोना संक्रमण उकालो लाग्दै गएको छ। गत २४ घण्टामा साढे ६ लाख मानिसमा नयाँ संक्रमण पुष्टि भएको छ।

    जसमध्ये अमेरिकामा ८५ हजार, भारतमा ४४ हजार ७००, ब्राजिलमा ४१ हजार ८००, वेलायतमा ३१ हजार १००, फ्रान्समा २५ हजार २००, रसियामा २३ हजार ३००, टर्कीमा २२ हजार १०० र अर्जेन्टिनामा १४ हजार १०० जनामा संक्रमण पुष्टि भएको छ।

    यो अवधिमा १० हजार १४० जनाको संक्रमितको मृत्यु भएको छ। यससँगै मृतकको संख्या ४२ लाख १३ हजार नजिक पुगेको छ। गत २४ घण्टामा ब्राजिलमा १ हजार ३५४, रसियामा ८००, भारतमा ५४९, अमेरिकामा ३७१, अर्जेन्टिनामा २९१, वेलायतमा ८५ जनाको मृत्यु भएको भएको छ।

    कुल १९ करोड ७३ लाख संक्रमितमध्ये १७ करोड ८४ लाखभन्दा बढी निको भइसकेका छन्। सक्रिय संक्रमितको संख्या १ करोड ४६ लाख रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस