२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

तीन कम्पनीले जारी गर्दैछन् आईपीओ, कहिले हुन्छ बिक्री खुला ?

  • २०७८ श्रावण १३, बुधबार मा प्रकाशित ३ साल अघि
  • साउन १३, २०७८

    चौतारा : साउन महिनामा विभिन्न ३ कम्पनीले आईपीओ जारी गर्दैछन् । आईपीओ जारी गर्ने तयारीमा रहेका कम्पनीहरूले यसका लागि मिति समेत तोकिसकेका छन् ।

    यी हुन् आइपीओ जारी गर्न लागेका ३ कम्पनी

    मैलुङ खोला जलविद्युत कम्पनीले साधारण शेयर (आईपीओ) बिक्री खुला गर्दैछ । कम्पनीले साउन १४ गतेदेखि बिक्री खुला गर्न लागेको हो ।

    कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित कुल ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता आईपीओ निष्कासनको लागि असार २३ गते धितो पत्र बोर्डबाट अनुमति पाएको थियो ।

    जसमा १४ हजार ७२६ कित्ता कर्मचारी र ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषको लागि छुट्टाएको छ । बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता सर्वसाधारणको लागि बिक्री खुला गर्ने कम्पनीले जनाएको छ ।

    जसमा लगानीकर्ता न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

    कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । कम्पनीले आईपीओ बिक्री छिटोमा साउन १८ गतेसम्म र ढिलोमा साउन २८ गते बन्द गर्ने उल्लेख गरेको छ ।

    यस्तै सानिमा लाइफ इन्स्योरेन्सले साउन २० गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्दैछ ।कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो।

    इन्स्योरेन्सले निष्काशन गर्न लागेको कुल ६० लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ।

    सर्वसाधारणले बाँकी ५४ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो।

    सो आइपीओमा छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
    आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

    यस्तै साउन २७ गतेदेखि मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्काशन गर्दै छ । लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ जारी गर्न लागेको हो।

    लघुवित्तले निष्काशन गर्न लागेको कुल ३ लाख ९३ हजार ७५० कित्ता शेयरमध्ये ०।५ प्रतिशत अर्थात ५ हजार ४६९ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ।

    सर्वसाधारणले बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। लघुवित्तले कुल जारी पूँजीको ३६ प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो।

    सो आईपीओमा छिटोमा साउन ३१ गते र ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

    आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस