२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

सभामुख र अर्थमन्त्रीबीच छलफल, विपद् संकटग्रस्त क्षेत्रमा केन्द्रित

  • २०७८ श्रावण ११, सोमबार मा प्रकाशित ३ साल अघि
  • साउन ११, २०७८

    काठमाडौं :सभामुख अग्निप्रसाद सापकोटा र मा. अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’बीच आज छलफल भएको छ ।

    सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको छलफल संघीय संसदलाई व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालनका लागि आर्थिक व्यवस्थापनका विषयमा केन्द्रीत रहेको थियो ।

    भेटमा विपद् संकटग्रस्त क्षेत्र घोषित जिल्लाहरुमा सरकारको प्राथमिकताबारे पनि छलफल भएको छ ।

    सभामुखको जिज्ञासामा अर्थमन्त्री शर्माले विपद्ग्रस्त सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रमा तत्काल बेलीब्रिज राख्न निर्देशन दिइसकेको जानकारी गराए।

    सरकारले साउन ४ गते सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस