२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

चीनबाट इन्धन आयातको तयारी

Thumbnail
  • २०७४ कार्तिक १६, बिहिबार मा प्रकाशित ७ साल अघि
  • खबरज्योति
    १६ कार्तिक २०७४, सिन्धुपाल्चोक ।

    कर्मचारीलाई बिदाइ गरेर कामविहीन अवस्थामा रहेको नेसनल ट्रेडिङ लिमिटेडलाई आपूर्ति मन्त्रालयले चीनबाट इन्धन आयात गर्ने जिम्मा दिने तयारी गरेको छ ।

    राजनीतिले थिलथिलो बनेर बन्द भएको सरकारी स्वामित्वको संस्थानलाई चीनबाट इन्धन आयात गर्न दिन अर्थ मन्त्रालयसँग सैद्धान्तिक सहमति माग गरिएको आपूर्ति मन्त्रालयले जनाएको छ।

    आपूर्ति मन्त्रालयले चीनबाट तेल आयात गर्न सैद्धान्तिक सहमतिका लागि अर्थ मन्त्रालयमा हालै प्रस्ताव पेस गरेको छ । आपूर्ति मन्त्रालयका प्रवक्ता मुकुन्द पौडेलले आयातलाई विविधीकरण गर्न आवश्यक रहेकाले चीनबाट इन्धन ल्याउन अर्थ मन्त्रालयबाट सैद्धान्तिक सहमति मागिएको जानकारी दिए । कारोबार अनलाइनका अनुसार इन्धन आयात गर्ने प्रस्ताव मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको थियो । त्यसका लागि अर्थको राय चाहिने भएकाले हालै प्रस्ताव पेस गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
    चीनबाट थोरै परिमाणमा इन्धन आयात गर्न सके व्यापार विविधीकरण

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस