२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

सिन्धुपाल्चोकलाई विपद् जोखिम संकटग्रस्त सूचीमा राख्ने सरकारकाे निर्णय

  • २०७८ श्रावण ४, सोमबार मा प्रकाशित ३ साल अघि
  • असार ४, २०७८
    काठमाडौं : सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् जोखिम संकटग्रस्त जिल्लाको सूचीमा राखेको छ ।

    सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयमा बसेको बैठकले आगामी असोज १ गतेसम्म बाढीपहिरोबाट अत्याधिक क्षति व्यहोरिएका दुई जिल्लालाई विपद् जोखिम संकटग्रस्त जिल्लाको सूचीमा राखेको हो । 

    विपद् जोखिम न्यूनीकरण ऐनअनुसार उक्त निर्णय गरिएको सरकारका प्रवक्तासमेत रहेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस