२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

सानिमा लाइफ इन्स्योरेन्सले एक हप्तामै दियाे विमा रकम

  • २०७८ श्रावण ४, सोमबार मा प्रकाशित ३ साल अघि
  • साउन ४, २०७८

    चौतारा : सानिमा लाइफ इन्स्योरेन्स चौतारा साखाले बिमा दावी हस्तान्तरण गरेको छ । बिमा गरेको ९ महिनामै शाखाले सोमबार मृतकको आफन्तलाई रकम हस्तान्तरण गरेको हो ।

    नौ महिना पहिले चौतारा साँगाचोकगढी नगरपालिका १३ का कृष्णप्रसाद खनाल र बिष्णुमाया तिमिल्सिनाले सानिमा दम्पती बिमा गराएका थिए । बिमा गरेको ९ महिनापछि गत जेठ महिनामा कृष्णप्रसाद खनालको उपचारको क्रममा मृत्युु भएको थियो ।

    विमितको मृत्युुपछि विमितको श्रीमतीलाई शाखा मार्फत विमा कम्पनीले विमा बापतको ५ लाखको चेक हस्तान्तरण गरेको हो ।

    सानिमा फाइफ इन्स्योरेन्स का क्षेत्रीय निर्देशक बलराम खत्रीले एक कार्यक्रमकाबीच मृतकको श्रीमती बिष्णुमायालाई चेक हस्तान्तरण गरे।

    बिमादावी (कागजात पुगेको) हप्ता दिन भित्रमै विमा दावी हस्तान्तरण गरिएको चौतारा शाखा प्रमुख सुजता सापकोटाले बताइन् । मृतक खनालको श्रीमती, दुई छोरी र एक छोरा छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस