२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

बर्षापछि मात्रै मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण

  • २०७८ श्रावण ४, सोमबार मा प्रकाशित ३ साल अघि
  • असार ४, २०७८

    चौतारा : मेलम्ची खानेपानी आयोजनाको संरचना बर्षात्पछि मात्रै हुन भएको छ। असार १ गतेको बाढीपहिरोले आयोजनाका संरचना र पहुँच मार्गमा क्षति पुर्याएकाले तत्काल पानी ल्याउन सकिने अवस्थानभएपछि बर्षापछि मात्रै गर्न लागेको हो।

    पुरिएका सबै संरचना सफा गर्नुपर्यो, वैकल्पिक माध्यमबाट पानी पठाउन सकिने अवस्था हो तर त्यो पनि निर्माण गर्नुपर्ने आयोजनाको सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए।

    सडक बनाएपछि मात्रै पुनः योजना बनाएर काम गर्नुपर्ने अवस्था भएकाले पानी कहिले आउँछ भन्न सकिने अवस्था नभएको उनको भनाइ छ।

    आयोजनामा करिब दुई अर्ब रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ भएपनि विस्तृत अध्ययन हुन बाँकी रहेको बताए।

    योजना निर्माण स्थलमा पुग्ने पहुँच मार्ग र पुल बाढीले बगाएकोले सबैभन्दा पहिले पहुँच मार्ग र पुल मर्मत, सुधार, पुनर्निर्माण वा नयाँ निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ । यो काम वर्षायाममा सम्भव छैन ।

    मेलम्ची बजारदेखि १६ किलोमिटर अगाडि टिम्बु–अगरी खण्डमा बाढीपहिरोले मोटरबाटो बगाएको थियो।
    हेडवक्र्स करिब १० मिटर पुरिएको जानकारी समितिलाई दिइएको छ । हेडवक्र्समा करिब तीन लाख घनमिटर गिट्टी, बालुवा र ढुङ्गा थुप्रिएको र त्यसलाई हटाउन करिब ३० करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ ।

    यसअघि अस्थायी ड्याम बनाएर पानी काठमाडौँ पठाइएको थियो । यो अस्थायी ड्याम बाढीले बगाएको छ । तत्काल पानी ल्याउन अर्को अस्थायी ड्याम निर्माण गर्नुपर्छ तर पहिले क्षति भएका संरचना सफा नगर्दासम्म अस्थायी ड्याम बनाउन सकिने अवस्था छैन । हेडवक्र्स स्थल पुग्ने सडक नै अवरुद्ध छ ।

    सुरुङभित्र पानी छ र यो पानी बाहिर निकालेपछि सुरुङ परीक्षण गर्नुपर्ने हुन्छ । अम्बाथानको सहायक सुरुङ टालिएको छ । गत जेठमा परीक्षणस्वरूप काठमाडौँ पठाइएको पानी बन्द गरी सुरुङ निरीक्षणका काम भइरहेको थियो । असारको बाढीपछि सबै काम रोकिएका छन् । सडक र संरचना भत्किएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस