असार ३१, २०७८
चौतारा : मेलम्चीको खानेपानी आगामी पुससम्म उपत्यकामा नजाने भएको छ।
आयोजनाका अनुसार बाढीले क्षति पुर्याएपछि पानी काठमाडौंमा ल्याउन झण्डै ७ महिना लाग्ने भएको हो।
प्रवक्ता राजेन्द्र पन्तीले यो वर्षको मनसुन सकिएपछि मात्रै आयोजनाको पुननिर्माण थालिने बताए।
‘असोज पहिलो सातादेखि बल्ल मनसुन सकिएला। त्यसपछि आयोजना पुननिर्माणका लागि आवश्यक निर्माण सामाग्री र भेहिकल पठाइनेछ’ प्रवक्ता पन्तले भने।
आयोजनाको पानी तोकिएकै मितिमा सम्भावना कम रहेको पन्तीले बताए। असार १ गते मेलम्ची खोलामा गएको बाढीले मेलम्ची आयोजनमा क्षति पुर्याएको थियो।
प्रतिक्रिया दिनुहोस