२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

संसद् विघटन मुद्दाको फैसला आज आउन सक्ने

  • २०७८ अषाढ २८, सोमबार मा प्रकाशित ३ साल अघि
  • असार २८, २०७८

    काठमाडौं : सर्वोच्च अदालतले संसद् विघटन सम्बन्धी मुद्दाको फैसला आज दिन सक्ने भएको छ । सुनुवाइका सबै प्रक्रिया पूरा भएकाले आजै फैसला आउन सक्ने बताइएको छ ।

    आज सर्वोच्चले दिने फैसलालाई नेपालको राजनीतिमा अति महत्वका साथ हेरिएको छ । सर्वोच्चको फैसलाले संविधानको धारा ७६(५) को व्याख्यासहित गतिहीन बनेको नेपालको राजनीतिले सही दिशा लिन सक्ने बताइएको छ ।

    सर्वोच्चले धारा ७६(४) को प्रक्रिया पूरा नगरेकाले प्रधानमन्त्रीलाई विश्वासको मत लिन वा पदबाट राजीनामा गर्न आदेश दिन सक्ने सक्ने एक कानुन व्यवसायीको तर्क छ ।

    उनले राष्ट्रपतिलाई बुझाएको हस्ताक्षरमध्ये एकलाई शपथ ग्रहण गराउन परमादेश हुन सक्ने वा संसद् विघटनलाई सदर गरिदिनेलगायतका विकल्प अदालतसँग रहेको बताए ।

    कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गरियोस् भन्दै १४६ सांसदसहितको हस्ताक्षर सर्वोच्चमा पुगेको छ । १४६ जना सांसद नै उपस्थित भएर रिट दायर गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस