२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

हेलम्बु र मेलम्ची बाढीपीडितलाई प्रधानमन्त्रीको ५० हजार दिने आश्वासन

  • २०७८ अषाढ २६, शनिबार मा प्रकाशित ३ साल अघि
  • असार २६, २०७८

    चौतारा : प्रधानमन्त्री केपी शर्मा ओलीले हेलम्बु र मेलम्ची बाढी पीडितलाई अस्थायी आवासको लागि ५० हजार उपलब्ध गराउने आश्वासन दिएर फर्किएका छन्।

    पहिरोस्थलको निरीक्षण गर्दै तत्काल अस्थायी आवासका लागि १५ सय बण्डल जस्ता र प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन्।

    बाढी प्रभावित क्षेत्र मेलम्ची बजार र हेलम्बुको निरीक्षण गर्न शनिबार सिन्धुपाल्चोक प्रधानमन्त्री ओली पुगेका थिए।

    यही असार १ गते आएको बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाका साथै सिन्धुपाल्चोकका मेलम्ची, हेलम्बुलगायत विभिन्न ठाउँमा क्षति पुर्‍याएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस