२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

प्रतिनिधिसभाको अवमुल्यन किमार्थ स्वीकार्य हुदैन : सभामुख

  • २०७८ अषाढ १५, मंगलबार मा प्रकाशित ३ साल अघि
  • असार १५, २०७८

    काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले जनताको सर्वोच्च जनप्रतिनिधि संस्थाको अधिकार पटक पटक हनन् गर्दै प्रतिनिधि सभाको अवमुल्यन किमार्थ स्वीकार्य नहुने बताएका छन्।

    नयाँ बानेश्वरस्थित संसद भवनमा आज भएको सम्पादकहरूसँगकाे छलफलको छलफलमा उनलेे भने, ‘राज्यका तीन अंगबीचको सन्तुलन नराम्रोसँग बिग्रिएको छ। राजनीति र प्रशासनिक सन्तुलन पनि बिग्रिएको छ।’

    बेलायतको संसदमा नेपालको कोभिड संकटका बारेमा छलफल भएको तर प्रतिनिधि सभामा यो छलफल हुन नपाएको भन्दै सभामुख सापकोटाले देशमा कानुनको सर्बोच्चता नमान्ने अवस्थाको सृजना हुनु दुखद भएको बताए।

    हाल देशमा बहुआयामीक संकट आइपरेको बताउँदै सभामुख सापकोटाले यस्तो बेला जनतालाई राज्यका तीन अंगले कसरी काम गरिरहेको छ भनेर जानकारी दिनु पर्ने धारणा राखे।

    सभामुख सापकोटाले आफूले राष्ट्रिय हित, संविधान र लोकतन्त्रको रक्षार्थ प्रभावकारी हस्तक्षेपका लागि बल गरिरहेको बताए।

    संघीय संसद भवन नयाँ बानेश्वरमा भएको छलफलमा प्रिन्ट र इलेक्ट्रोनिक मिडिया आवद्ध (अनलाइन र टेलिभिजन) का सम्पादकहरुको सहभागिता रहेको थियो ।

    यसअघि गत जेठ ११ गते पूर्व सभामुखहरूसँग, १३ गते संविधान एवं कानुनविदहरूसँग र २८ गते प्रतिनिधिमा प्रतिनिधित्व गर्ने दलका नेता तथा पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस