असार १५, २०७८
चाैतारा : बाढी र पहिरोबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई नेपाली कांग्रेसले २५ हजार रुपैयाँ दिने भएको छ।
२०७८ सालमा बैशाखयता बाढी पहिराेबाट ज्यान गुमाएका परिवारलाई २५ हजार उपलब्ध गराउन लागेकाे हाे।
कांग्रेसकाे बाढी–पहिरो विपद् व्यवस्थापन समितिका केन्द्रीय समन्वय समितिका संयोजक मोहन बस्नेतले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएका हुन्।
मृत्तककाे परिवारले कांग्रेसबाट उपलब्ध गराउने राहत प्राप्त गर्नका लागि सम्बन्धित निकायबाट सनाखत हुनुपर्ने बताएकाे छ।
प्रतिक्रिया दिनुहोस