असार १२, २०७८
चाैतारा : बागमती प्रदेशका पूर्वसामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ बाढी प्रभावितहरुसँग हातेमालाे गर्दै तटबन्ध निर्माणमा जुटेका छन् ।
हेलम्बु गाउँपालिकामा अवस्थित ३ स्थानीय तह जाेड्ने पक्की पुल जाेखिममा परेपछि स्थानीय युवा तथा समाजसेवीहरुकाे साथ लिंदै पुल संरक्षणमा लागेका हुन् ।
राताे पुलकाे नामबाट प्रख्यात उक्त पुलबाट हेलम्बु गाउँपालिकाकाे वडा नं १,२,३ मेलम्ची नगरपालिकाकाे वडा नं ७,८,११र पाँचपाेखरी थाङ्पाल गाउँपालिकाकाे वडा नं १र २ जाेड्ने एकमात्र पक्की पुल हाे ।
तत्काल यी बस्नेतले बस्तीलाई जाेड्ने पक्की पुल कुनै बाँकी नरहेकाले यहि पुलकाे संरक्षण गर्नु यतिबेलाकाे मुख्य दायित्व रहेकाे छ ।
संरक्षित अवस्थामा पुगेकाे राताे पुल जाेगाउन बागमती प्रदेशका पूर्वसामाजिक विकास मन्त्री युवराज दुलाल, माओवादी केन्द्रका नेता चन्द्रबहादुर थापा, भरत थापा, पेमा ह्याेल्माे, दिपक लामिछाने, नेकपा एमालेका नेता तथा वडाध्यक्ष छिरिङग्याल्बु शेर्पा, अर्जुन भण्डारी लगायतका नेताहरु दिनरात खटिएका छन् ।
नेपाली सेना र स्थानीयकाे समेत साथ पाएका नेताहरु उत्साह पुर्वक जनसेवामा खटिएकाे देख्दा स्थानीयले राहत महसुस गरेका छन् । विपद्काे समयमा माओवादी केन्द्र र एमाले नेपाल पक्षकाे सामाजिक सेवामा राम्रो तालमेल देखिएकाे छ ।
उनिहरुसँगै श्रमदान गर्ने, सँगै खाना पकाएर खाने र सँगै बस्दै आएका छन् । उक्त पुल तटबन्ध गर्नकाे लागि माओवाद केन्द्र सिन्धु-काठमाडौं सम्पर्क मञ्चले ग्याबिन जाली उपलब्ध गराएकाे छ ।
हेलम्बु गाउँपालिकाकाे ३ अाेटा वडा, थाङ्पाल पाँचपाेखरी गाउँपालिकाकाे २ ओटा वडा र मेलम्ची नगरपालिकाकाे ३ ओटा वडाले जाेड्ने पुलकाे विकल्प अरु नभएकाले याे पुलकाे संरक्षण गर्नु सबैकाे दायित्व भएकाे पूर्वमन्त्री दुलाल बताउँछन् ।
भन्छन्न्, ‘बचेका बस्ती, खेती र संरचना जाेगाउनु अहिलेकाे तत्कालिन आवश्यकता हाे। त्यसमा याे पुल हेलम्बु क्षेत्रकाे लाइफ लाइन पनि हाे। त्यसैले यसलाई जाेगाउन लागिरहेका छाैँ।’।
हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले राताेपुल भत्कियाे भने धेरै बस्तीहरुले दुर्गती भाेग्नुपर्ने भएकाले पुल संरक्षणमा लाग्न सबैलाइ आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस