२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

बिपत्तिमा सहयाेग गर्न माओवादीकाे जिल्ला विपद् काेष स्थापना

  • २०७८ अषाढ १०, बिहिबार मा प्रकाशित ३ साल अघि
  • असार १०, २०७८

    चाैतारा : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सिन्धुपाल्चोकले जिल्लाभरी आइपर्ने बिपत्तिमा उद्धार, राहत र व्यवस्थापनका लागि जिल्ला विपद् कोषको स्थापना गरेको छ।

    माओवादी नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक लगायत विपद्को सामनामा गर्न हातेमालो गर्ने चाहना अनुसार काेषकाे स्थापना गरेकाे माअाेवादी केन्द्रले जनाएको छ।

    काेषमा सहयोग गर्न चाहनले मेगा बैंक चौतारा शाखामा रहेको नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोक-विपद कोषमा (०१४००१५४०२९२७) जम्मा गर्न सकिनेछ।

    साे काेषमा बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाल शरद, चाैतारा साँगाचाेकगढी नगरपालिकाकाे उपमेयर जानुका पराजुलीलगायतले रकम संकलन गरेका छन्।

    काेषमा सहयोग संकलन हुने क्रम जारी रहेकाे नेकपा माअाेवादी केन्द्रका युवा नेता सुमित काफ्लेले जानकारी दिए।

    कसले कति गरे, सहयोग ?

    -युवराज दुलाल (पुर्व सामाजिक बिकास मन्त्री) ५००००
    -जानुका पराज्ली ( उप प्रमुख, चौ.सा.गढी नपा) २००००
    -गोबिन्द पराजुली १००००
    -रोशन गिरी (समाजसेवी) ५००००
    -चन्द्र सापकोटा रबि २००००
    -जुगल किराना १००००
    -नेकपा (माओवादी केन्द्र),काठमाडौं २०००००
    -नेकपा (माओवादी केन्द्र), बाके १०००००

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस