२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

बाढीपीडितकाे बिचल्ली : ठाेस याेजना छैन, नेताहरु बाेली आश्वासनमै सीमित

  • २०७८ अषाढ १०, बिहिबार मा प्रकाशित ३ साल अघि
  • असार १०, २०७८

    चाैतारा : कुनैबेला स्याउकाे सहर भनेर चिनिने हेलम्बु ग्रेटवालकाे नामले पनि चिनिदै गएकाे थियाे। त्यहाँका उर्वर भुमि, मेलम्ची खाेलाकाे चिसाे पानीमा पाहिने लाेकल माछा, ट्राउट माछाले आन्तरिक तथा बाह्य पर्यटकहरुलाइ माेहित बनाउने काम गर्दथ्याे ।

    असर १ गते र त्यसपछिकाे बाढीले यतिबेला हेलम्बुकाे ती सबै सुन्दरताहरुलाई बगरमा परिणत गरेकाे छ। १० दिनदेखि हेलम्बु क्षेत्रमा सबै काेणबाट अबरुद्ध छ। त्यहा बिद्धुत, सडक सञ्जालकाे सम्पर्क टुटेको छ। बिद्धुत सुचारु नहुँदा सञ्चार सम्पर्कमा समेत समस्या आएकाे छ।

    हेलम्बु -३ कि सावित्री भारतीले २ बर्ष पहेले मात्र बनाएकाे घरमा यतिबेला मेलम्ची खाेला बगिरहेकाे छ। भूकम्पले तहसनहस पारेकाे दैनिकीबाट भर्खर सामान्य जिवनयापनमा फर्कन नपाउदै अर्काे बज्रपात परेकाे छ।

    घर बनाउँदाकाे पसिना ओभाउन नपाउँदै उनी घरबार बिहिन भएकि छन्। उनीसँग अब टहराे बनाउने जग्गा समेत छैन। घर बनाउँदाकाे ऋण तिर्न नसकेपछि सावित्रीकाे छाेरा धुर्व विदेशमा पसिना बगाइ रहेका छन् । तर, बिधंसकारी बाढीका कारण धुर्बकाे सपना र पसिना दुवै बाढीमै मिसियाे।

    लामाे समय विदेशमा पसिना बगाएकाे दुःखकाे कमाइ लगानी गरि ट्राउट माछा र रिसाेर्टमा लगानी गरेका उत्तम भण्डारीकाे कराेडाैंकाे लगानी यतिबेला शुन्यमा झरेकाे छ ।

    उनी भन्छन्, ‘अहिलेसम्मकाे दुःख सबै माटाेमै मिल्याे। अब त हामीसँग नत जग्गा छ नत माछा फर्म नै अब हामीलाइ उठ्न निकै गार्‍हो छ।’

    मेलम्ची खाेलामा आएकाे बाढीले आफ्नै खेतिबाट खान पर्याप्त पुग्नेहरुलाइ समेत राहतकाे खाेजिमा भाैंतारीनुपर्ने बनाएकाे छ भने घर भाडामा लगाउनेहरुलाइ टेण्ट र अरुकाे सरणमा पुर्याएकाे छ।

    यस्ताे दु:खकाे घडिमा समेत आफ्ना क्षेत्रका नेताहरुबाट सहयाेग नपाएकाे स्थानिय बताउँछन् । स्थानीय भन्छन् नेताहरु हेलिकप्टरबाट दृश्य अवलाेकन गर्छन् फर्कन्छन् ।

    हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा संघिय तथा प्रदेश सरकारले आफुलाइ सहयाेग नगरेकाे बताउँछन् । तर, कसैले सहयाेग नगरेपनि आफ्ना जनतालाई भाेकाे बस्न नदिने उनी बताउँछन्।

    नेताहरुबाट आश्वासनकाे ओहिराे

    बाढीले क्षति पुर्याएकाे १० दिन बितिसक्दा समेत विस्थापितकाे दिर्घकालिन व्यवस्थापन कसरी गर्ने भन्ने कुरा अहिलेसम्म टुङ्गो लागेकाे छैन । विस्थापितहरुलाइ एकपछि अर्काे आश्वासनकाे ओहिराे मात्र लागेकाे छ ।

    स्वास्थ्य मन्त्रीकाे हैसियतमा प्रभावित क्षेत्र पुगेका नेता शेरबहादुर तामाङले पुनःनिर्माणकाे लागि बजेटकाे अभाव नहुने बताए पनि बजेटकाे व्यवस्था कसरी हुने भर्पर्दाे आधार भने दिन सकेनन्।

    उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्रीकाे हैसियतमा मेलम्ची र हेलम्बु पुगेका निवर्तमान सहरी बिकास मन्त्री राजेन्द्र महताेले प्रभावित क्षत्रलाई बजेटमा प्राथमिकता दिने सपना बाडेर फर्किए।

    राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणा विस्थापितहरुकाे पुनःस्थापना र ध्वस्त भएका संरचना निर्माणकाे लागि सरकार तत्काल लाग्नुपर्ने बाताउँछन् ।

    बाढी गएकाे ८ औं दिनमा बाढीग्रस्त क्षेत्र पुगेका बागमती प्रदेशका मुख्य मन्त्री डाेरमणी पाैडेलले पीडितहरुकाे पुःनस्थापना तथा संरचना पुनःनिर्माणकाे लागि छिटै ठाेस याेजना ल्याइने बताएर फर्किए। बाढी गएकाे हप्ता दिन भन्दा बढी भइसक्दा समेत प्रदेश सरकार अलमलमै रहेकाे पाइन्छ ।

    बाढी प्रभावित क्षत्रमा स्थानीयसँगै तटबन्ध निर्माणकाे काममा खटिइरहेका प्रदेश सांसद् तथा पूर्वसामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ बाँकी रहेकाे संरचना जाेगाउँदै पुनःनिर्माणकाे क्षेत्रमा लाग्नुपर्नेमा जाेड दिन्छन्।

    यतिबेला पीडितहरुलाई आश्वासन भन्दा पनि स्थायी बास र दिर्घकालिन याेजनाकाे खाँचाे रहेकाे हुँदा सराेकारवाला निकायकाे ध्यान जान जरुरी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस