असार ५, २०७८
चाैतारा : भेमाथाङ्ग चौरमा गएको पहिरोले मेलम्ची खोला थुनिएका कारण बाढी आएको खुलेको छ।
हेलम्बु गाउँपालिकाले शनिबार सूचना निकालेर हेलम्बु–१ मा रहेको सेमेसिदाङ हिमाल मुनि रहेको चौरको २५ प्रतिशत भाग खोलामा खसेको जानकारी प्राप्त भएको बताएको हो।
डा. रविनराज निरौलालाई उद्धृत गर्दै गाउँपालिकाले उक्त चौरको बाँकी ७५ प्रतिशतमध्ये के कति पहिरो जान सक्ने भन्ने हालसम्म यकिन नभएकोले थप बाढी आउन सक्ने हुँदा सतर्कता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ।
असार १ गते बेलुकी मेलम्चीमा आएको बाढीले ठूलो धनजनको क्षति गरेको छ।
प्रतिक्रिया दिनुहोस