२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

बाढी प्रभावित दुई पालिकालाई काठमाडौं महानगरले थप ५०/५० लाख दिने

  • २०७८ अषाढ ४, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • असार ४, २०७८

    चाैतारा : काठमाडौँ महानगरपालिकाले राहत तथा उद्दारका लागि सिन्धुपाल्चोकका थप दुई गाउँपालिका पाँचपोखरी थाङपाल र हेलम्बुलाई पचास–पचास लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

    काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नगरसभाको नवौँ अधिवेशनको पहिलो वैठकलाई सम्वोधन गर्दै काठमाडौं महानगरको तर्फबाट मेलम्ची नगरपालिकालाई दुई करोड सहयोग गर्ने घोषणा गरिसकेका छन् । 

    मेलम्ची नदीमा आएको बाढी र त्यसले गरेको धन–जनको क्षतिपछिको राहत तथा उद्दारका लागि सो रकम सहयोग गर्ने घोषणा गरेको प्रमुख शाक्यले जानकारी दिए । मेलम्ची नगरपालिका काठमाडौं महानगरसँग भगिनी सम्वन्ध स्थापित नगर हो । 

    उक्त नगरलाई यस अघि पनि नगर–नगर साझेदारी कार्यक्रम अन्तरगत महानगरपालिकाले मेलम्ची नगरपालिका वडा नं.१० मेलम्चीबजार नजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्ष सहितको रमणीय तथा पर्यटकीय मेलम्ची सिटी पार्क निर्माणका लागि रु. १ करोड ५० लाख रकम अनुदान दिने सम्झौता–पत्रमा हस्ताक्षर गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस