असार १, २०७८
चाैतारा : मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटर माथि हेलम्बु–१ स्थित नाकोटे भन्ने ठाउँमा पहिरो गएको छ ।
पहिरोले खोला थुनिएपछि स्थानीयवासीहरु भागाभाग भएका छन् ।
बाढी तथा पहिराेपछि मेलम्ची तथा इन्द्रावती खाेलाकाे बहाव उच्च बनेकाे छ।
अविरल बर्षापछि बाढीले नदि अासपासका केही व्यक्ति, ग्याल्थुममा रहेकाे ट्राउट फर्म, रिसाेर्ट बगाएकाे आकलन गरिएको छ।
हेलम्बुदेखि मेलम्चीसम्मका स्थानीयबासीकाे भागाभाग रहेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकाेटाले जानकारी दिए।
मेलम्चीबाट काठमाडौं लगिएको पानी समेत आजबाट बन्द गरेपछि मेलम्ची खाेलामा पानीकाे बहाव उच्च बनेकाे छ।
प्रतिक्रिया दिनुहोस