जेठ ३०, २०७८
काठमाडौं : काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएकाे छ ।
काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप गर्ने निर्णय गर्दै मोडालिटी पनि परिवर्तन गरेका छन् ।
आइतबारको निर्णय अनुसार होटल रेष्टुरेन्टले अब ‘टेक अवे’ सेवा शुरु गर्न पाउने भएका छन् । अनलाईन मार्फत अर्डर लिएर विहान ७ बजेदेखि टेक अवे सेवा दिन पाउने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
असार १ गतेबाट खाधान्न पसल, तरकारी पसल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइने छ। यस्तै कृषि बस्तुको ढुवानी, होटल टेक अवेको रुपमा सञ्चालन गर्न पाइने छ।
निषेधाज्ञाबारे निर्णय लिने बैठकमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सहभागी थिए ।
वैशाख १६ बाट जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस