२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

मन्त्री तामाङको सम्पत्ति : १४ ठाउँमा जग्गा, २२ तोला सुन (विवरणसहित)

  • २०७८ जेष्ठ २७, बिहिबार मा प्रकाशित ३ साल अघि
  • जेठ २७, २०७८

    चाैतारा : नवनियुक्त स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। 

    मन्त्री तामाङले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार पैतृक सम्पत्ति र आफूले जोडेको सम्पत्तिसहित गरेर उनको र उनकी पत्नीको नाममा २० रोपनीभन्दा धेरै जग्गा छ। काठमाडौं सहित देशका विभिन्न १४ ठाउँमा तामाङको जग्गा रहेको छ। 

    मन्त्रीले उनकी पत्नी उषाकला राईको नाममा मोरङ र खोटाङमा रहेको जग्गाको रहेको विवरण छ।  तामाङको  नाममा भने काठमाडौँ र सिन्धुपाल्चोकमा जग्गा रहेको छ। काठमाडौँको गोकर्णेश्वरमा घरसहितको जग्गा छ। 

    सम्पत्ति विवरण अनुसार उनीसँग २२ तोला सुन रहेको छ। 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस