जेठ २०, २०७८
चौतारा : कोरोना भाइरसको दोस्रो लहरमा सिन्धुपाल्चोक जिल्लामा कुल ३ हजार २४ जना संक्रमित हुँदा ३ सय ७५ जना डिस्चार्ज भएका छन्। दोस्रो लहरमा मात्रै २३ जनाको मृत्यु भएको छ। १ सय ५६ जनामा बुधबार संक्रमण पुष्टि भएको हो।
बुधबार पनि १ जनाको मृत्यु भएको सिन्धुपाल्चोकमा २७ जना संक्रमणमुक्त भएका छन्। संक्रमित हुनेमा१ हजार ३ सय ३५ महिला र १ हजार ६ सय ८९ पुरुष रहेको स्वास्थ कार्यालय सिन्धुपाल्चोकका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले बताए।
निको हुनेमा १ सय ७३ महिला र २ सय २ जना पुरुष रहेका चापागाईंले बताए। ९ जना महिला र १४ जना पुरुषको कोरोनाको दोस्रो चरणमा मात्रै मृत्यु भएको हो।
संक्रमित हुनेमा सबैभन्दा धेरै चौतारा साँगाचोकगढी नगरपालिकाका रहेका छन्। चौतारामा मात्रै ५ सय १५ महिला र ६ सय ८ पुरुषसहित १ हजार १ सय २३ जना संक्रमित भएका छन्।
नगरमा १ सय ९६ जना निको भएका छन् भने ९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चौताराले जनाएको छ।
प्रतिक्रिया दिनुहोस