२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

सत्तास्वार्थ र मनपरीले संविधान र लोकतन्त्र संकटमा : अध्यक्ष राणा

Thumbnail
  • २०७८ जेष्ठ १२, बुधबार मा प्रकाशित ३ साल अघि
  • जेठ १२, १०७८

    चाैतारा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले कथित परिवर्तनका संवाहकको सत्तास्वार्थ र मनपरीले संविधान र लोकतन्त्र संकटग्रस्त भएको बताएका छन्।

    बुद्ध जयन्ती, बाबा गोरखनाथ जयन्ती र उभौलीको अवसरमा बुधबार सामाजिक सञ्जाल ट्वीटरमा शुभकामना सन्देश जारी गर्दै राप्रपा अध्यक्ष राणाले सबै मिलेर आधुनिक नेपाल निर्माण यताको गौरव र एकता कायम राख्नु पर्ने बताएका हुन्।

    वैशाख ११ तर्फ फर्केर १२ बुँदे सहमतिको जडबाट दीर्घ समाधान खोज्नुपर्नेमा उनले जोड दिएका छन्।

    सामान्य टालटुल र ढाकछोपले विद्यमान संकट समाधान नहुने उनको भनाइ छ।

    ‘कथित परिवर्तनका संवाहकको सत्तास्वार्थ र मनपरीले राज्यव्यवस्थाप्रति जनताको विश्वास टुटेको छ,’ शन्देशमा भनिएको छ ‘आफूलाई विधिभन्दा माथि राख्ने प्रवृतिले संविधान, लोकतन्त्र संकटमा छ। टालटुल, ढाकछोप समाधान होइन। यसर्थ वैशाख ११ तर्फ फर्केर १२ बुँदेकै जडबाट दीर्घ समाधान खोज्नु जरुरी छ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस