जेठ ९, २०८९
चाैतारा : नेपालको सिन्धुपाल्चोक जिल्लाकी एक महिला सिलगढीमा अलपत्र परेकी छन्।
सिन्धुपाल्चोककाे खरबुजे गाउँ बताउने कान्छी तामाङ नाम गरेकी महिला भारतको सिलगढ़ी शहरमा अलपत्र परेकी हुन्।
उपचारका लागि सिलगढ़ी आएको बताउने उनी अहिले फुटपाथमा एक्लै रात काट्ने र मागेर खाने गरेकी छन्।
एउटा घरमा काम गरेर जम्मा भएको २१ हजार चोरिएपछि अलपत्र परेको उनले बताइन्।
कसैको सहयोग पाए घर फर्कने कान्छीले बताएकी छन्। नेपालखबरबाट
प्रतिक्रिया दिनुहोस