२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

प्रतिनिधिसभा विघटन : कात्तिक २६ र मंसिर ३ गते निर्वाचन

  • २०७८ जेष्ठ ८, शनिबार मा प्रकाशित ३ साल अघि
  • जेठ ८, २०७८

    काठमाडौं : सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनको घोषणासंगै चुनाबको घोषणा गरेकी छिन्।                                                             
    शुक्रबार मध्यरातमा राष्ट्रपति भन्डारीले प्रतिनिधि सभा विघटनसगै आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचनको घोषणा समेत गरेकी छिन्।                                     

    मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा विघटन गरी चुनाव गर्ने निर्णय गरेको थियो। सरकार गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेकाे दाबी पूर्ण नभएको भन्दै राष्ट्रपति भन्डारीले दुबैको दाबी खारेज गरेपछि मन्त्रिपरिषद् बैठक बसेको थियो।                                                         
    प्रधानमन्त्री केपी ओलीले संसद् भंग गरेको याे दाेस्राे पटक हाे। यसअघि उनले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाखमा निर्वाचन गर्ने घोषणा गरेका थिए।                       

    सर्वोच्च अदालतले फागुन ११ गते सरकारको सो निर्णय उल्टाइदिएको थियो। यो पटक भने बहुमतको सरकारका लागि गरिएको दाबी पूर्ण नभएपछि संविधानको धारा ७६ को  उपधारा ७ बम्मोजिम प्रतिनिधि सभा संवत् विघटन हुने व्यवस्था अनुसार विघटन गरिएको हो।                                            

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस