२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

‘नयाँ भेरियन्टलाई पनि खोपले काम गर्छ’

  • २०७८ जेष्ठ ५, बुधबार मा प्रकाशित ३ साल अघि
  • जेठ ५, २०७८ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नयाँ भेरियन्टको भाइरसमा पनि खोपले काम गर्ने बताएका छन्। बुधबार नियमित कोभिड प्रेस ब्रिफिङमा गौतमले खोप प्रभावकारी हुने बताएका हुन्।

    नेपालमा दोस्रो लहरको कोरोना भाइरस तिब्र रुपमा फैलिरहँदा मन्त्रालयले भाइरसको नयाँ भेरियन्ट देखिएको भन्दै मंगलबार सार्वजनिक सूचना जारी गरी सबैलाई  सचेत  रहन आग्रह गरेको थियो। जस कारण सर्वसाधारण त्रसित बनेका छन्।

    कतिपयले यस प्रकारको भाइरसलाई अहिले लगाइरहेको खोपहरुले काम गर्छ वा गर्दैन भन्ने जिज्ञासा राखेका छन्। ‘नयाँ प्रजातिको भाइरसले बढि जोखिम बढाएको छ, कतिपयले अहिले लगाइरहेका खोपले ती भाइरस बिरुद्ध लड्न काम गर्छ कि गर्दैन भनेर सोध्नु भएको छ’,मन्त्रालयका प्रवक्ता  गौतमले भने,’खोपले काम गर्छ।’ 

    उनले यसबाट बच्नलाई पनि सामाजिक दूरी कायम गर्ने,भीडभाडमा समावेश नहुने बताए। उनले भने,‘यो संक्रमण पनि व्यक्ति-व्यक्ति बीचबाट सर्ने हो,हावाबाट टाढासम्म सर्दैन,तीन लेयरको मास्क लगाउनुपर्छ,घरबाट बाहिर ननिस्कन अनुरोध गरिन्छ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस