जेठ २, २०७८
चाैतारा : बागमती प्रदेशका पुर्व सामाजिक विकास मन्त्री युवराज दुलाल शरदले बन्दाबन्दीकाे अधिकतम सदुपयोग गरेर काेराेनाबाट देशलाई शीघ्र मुक्त गर्नुपर्ने बताएका छन्।
अाइतबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सरकारको नियन्त्रणमा कोभिड होइन कोभिडको नियन्त्रणमा चाँहि सरकार रहेको जस्तो देखिन्छ । यस्तो विकराल अवस्थामा सरकारले सत्यतथ्य आम नागरिकालाइ जानकारी दिइ सबै पक्षलाई साथमा लिएर कोरोना भाइरसको संक्रमण र कोभिड १९ रोगका विरुद्ध युद्ध स्तरमा काम गरि नागरिकको स्वास्थ्य सुरक्षा गर्नु अत्यन्तै जरुरी भइसकेको छ ।’
काेराेना राेकथाम तथा न्यूनीकरणका लागि तीनवटै सरकार लाग्नुपर्ने उल्लेख गर्दै ४ सुझाव समेत दिएका छन्।
प्रेस नोट
सबैमा नमस्कार
देश कोरोना भाइरस (Cov SARS 2 र यसका नयाँ प्रजाति सहित)को महामारीले पूर्णतः आक्रान्त छ । सरकारको नियन्त्रणमा कोभिड होइन कोभिडको नियन्त्रणमा चाँहि सरकार रहेको जस्तो देखिन्छ ।
यस्तो विकराल अवस्थामा सरकारले सत्यतथ्य आम नागरिकालाइ जानकारी दिइ सबै पक्षलाई साथमा लिएर कोरोना भाइरसको संक्रमण र कोभिड १९ रोगका विरुद्ध युद्ध स्तरमा काम गरि नागरिकको स्वास्थ्य सुरक्षा गर्नु अत्यन्तै जरुरी भइसकेको छ ।
अतः कोरोना भाइरसको नियन्त्रण, रोकथाम तथा कोभिड १९ रोगको उपचारमा राज्यको अधिकतम लगानि र आम पक्षलाई समेत समेटी “कोरोना रोकथाम एवं कोभिड उन्मुलन राष्ट्रिय अभियान” सञ्चालन गर्न सरकारका नाममा आव्हान गर्दछु ।
अहिले राष्ट्रका अगाडि यससँग सम्बन्धित दुइ चुनौति छन् । पहिलो बन्दाबन्दिको अवधिभित्र कोरोनाको संक्रमणलाई नियन्त्रणमा लिने र दोश्रो संक्रमितको उचित उपचारको व्यवस्था मिलाउने ।
बन्दाबन्दिको अवधिमा कोरोना संक्रमण रोकथाम एवं कोभिड उन्मुलन रष्ट्रिय अभियान चलाएर बन्दाबन्दिको अबधिको अधिकतम सदुपयोग गरी बन्दाबन्दीबाट समेत राष्ट्रलाई मुक्ति दिलाउनु पर्दछ ।
कसरी ?
१. सरकारका स्थायी संयन्त्रले अन्तराष्ट्रिय स्तरका अनुभव र विज्ञताको भरपुर प्रयोग गरी योजना तर्जुमा र कार्यान्वयन गर्ने ।
२. तीनै तहका कार्यकारी जिम्मेवारी बाहेकका जनप्रतिनिधीको अनुगमन संयन्त्र बनाइ नियन्त्रण, रोकथाम र उपचारमा संलग्न सबै क्षेत्रको कार्य प्रगति र पारदर्शिताको अनुगमन गरी सम्बन्धित तहका कार्यकारी निकायमा प्रतिवेदन र सुझाव दिने ।
३. आम राजनीतिक दल र देशमा रहेका सबै परोपकारी संघ संस्थाले भौतिक हिंडाइडुलाई न्यून बनाइ या ठप्पै पारी सुचना प्रविधीका माध्यमहरुको प्रयोगबाट कोरोना संक्रमण रोकथामका लागि आम नागरिकलाई सुसुचित गराउने र सुक्ष्म एवं प्रविधियुक्त अनुगमन गर्ने ।
४. माथि उल्लेखित लगायतका स्वास्थ्य सुरक्षा मापदण्डको पालना हुने प्रकृतिका आवश्यक योजना बनाइ कार्यान्वयन गरेर आगडि जानु पर्दछ ।
संक्रमणको नियन्त्रण र संक्रमितको उचित उपचारको शीघ्र प्रबन्ध गरौं !
बन्दाबन्दिको अधिकतम सदुपयोग गरी कोरोनाबाट देशलाई शीघ्र मुक्त गरौं !!
धन्यवाद
युवराज दुलाल
प्रदेशसभा सदस्य, बागमती प्रदेश, नेपाल
प्रतिक्रिया दिनुहोस