बैशाख ३१, २०७८
चाैतारा : सिन्धुपाल्चोकमा निषेधाज्ञाको समय जेष्ठ १४ गते सम्मको लागि थप गरिएको छ ।
आज शुक्रबार जिल्ला प्रशासन कार्यालयले एक सुचना जारी गर्दै निषेधाज्ञाको समय थप गरेको जानकारी गराएको हो ।
जिल्लाका सबै स्थानीय तहहरुमा कोरोना संक्रमितहरुको संख्या बढिरहेकोले निषेधाज्ञाको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए । हाल जिल्लामा ५७१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
यस अघि बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले जिल्लाभर बैशाख ३१ सम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।
निषेधाज्ञा जारी भएको समय अबधिभर अतिआवश्यक काम बाहेक घर बाहिर ननिस्कन प्रशासनले सबैमा अनुरोध समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस