२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

२९ कृषक सम्मानित

Thumbnail
  • २०७४ कार्तिक १३, सोमबार मा प्रकाशित ७ साल अघि
  • खबरज्योति
    १३ कार्तिक २०७४, सिन्धुपाल्चोक ।

    आज ३७ औं विश्व खाद्य दिवस । दिवसको अवसरमा सिन्धुपाल्चोक जिल्लामा रहेर विभिन्न कृषि व्यवसाय सञ्चालन गरिरहेका २९ कृषक सम्मानित भएका छन् ।

    जिल्लामा क्रियाशिल विभिन्न गैरसरकारी संस्थाको सहयोगमा कृषि व्यवसाय गरिरहेका सो कृषकहरुलाई जिल्ला कृषि एलायन्स सिन्धुपाल्चोकले सम्मान गरेको हो ।

    सम्मानित हुनेहरुमा तरकारी खेती सञ्चालन गरिरहेका जीतबहादुर तामाङ, गीता रायमाझी, भरत आचार्य, लिलादेवी ढुङ्गाना, करुणा बखती, देवराज ज्योति, रामबहादुर पहरी, सावित्री खत्री, पार्वर्ती लामा, भीमबहादुर सार्की, सविता लामिछाने, सुजन लामा, सम्झना गिरी, सूर्य तामाङ, गमला देउजा, संगीता खड्का, विदुर दुलाल, दीपबहादुर कार्की, ललित मगर, दिलकुमार न्यौपाने, बलबहादुर खड्का, सुकुमाई तामाङलाई सम्मान गरिएको हो ।

    कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै जिल्ला कृषि विकास एलायन्सका हिक्मतबहादुर श्रेष्ठ ।

    त्यस्तै बाख्रापालन कृषक शंखलाल तामाङ, सुन्तलाखेती कृषक नेमदोर्जे लामा, रेन्बोट्राउट किसान गीता खड्का, बंगुर पालन व्यवसायी बविर तामाङ, चौरी पालन व्यवसायी, ठिलिङ शेर्पालाई सम्मान गरिएको जिल्ला कृषि विकास एलायन्सका हिक्मतबहादुर श्रेष्ठले जानकारी दिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका अध्यक्ष कृष्णगोपाल तामाङले आधुनिकता सँगसँगै कृषि उपज लोपहुँदै गएको बताउँदै त्यसको संरक्षणमा जोड दिनुपर्ने धारणा राखे । ‘कृषि उपजविना दैनिकी चलाउन मुस्किल छ’, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले भने– ‘तसर्थ कृषि व्यवसायलाई आधुनिकीकरण गर्दै युवालाई यो क्षेत्रमा ल्याउन जरुरी छ ।’

    कार्यक्रममा सिन्धुपाल्चोकको कृषि सम्भाव्यताको बारेमा तयार पारिएको प्रतिवेदन प्रस्तुत गरिएको थियो । ‘खाद्य सुरक्षा र ग्रामीण विकासमा लगानी बढाऔं, भावी बसाईसराई व्यवस्थित गारौं’ भन्ने मूल नाराका साथ मनाईएको विश्व खाद्य दिवसमा जिल्ला भित्र कृषि क्षेत्रमा काम गरिरहेका क्रियाशिल सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरु, कृषकहरु, सरकारी क्षेत्रका प्रतिनिधिहरु, नागरिक समाज, सञ्चारकर्मीहरुको उपस्थित रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस