बैशाख १८, २०७८
चौतारा : सिन्धुपाल्चोक जिल्ला अस्पताल चौताराको सम्पूर्ण सेवा अनिश्चितकाको लागि बन्द भएको छ। अस्पताको कर्मचारी र अस्पतालका केही विरामीहरुमा कोरोना संक्रमण देखिएपछि सबै सेवा बन्द गरेको हो।
अस्पताल प्रशासनले शुक्रबार एक सुचना जारी गर्दै सबै सेवा बन्द भएको जानकारी दिएको छ। इमर्जेन्सी र फिवर क्लिनिक बाहेकका सबै सेवा अर्को सूचना प्रकाशित नहुन्जेललाई स्थगित गरेको जनाएको छ।\
प्रतिक्रिया दिनुहोस