२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

मजदुरका लागि राहत कार्यक्रम ल्याउन सभामुखको सुझाव

  • २०७८ बैशाख १८, शनिबार मा प्रकाशित ३ साल अघि
  • बैशाख १८, २०७८

    चाैतारा : १३२ औँ मजदुर दिवसका अवसरमा शुभकामना दिँदै उनले कोरोनाका कारण उत्पन्न विषम परिस्थितिले देशभित्रका लाखौं श्रमिक खाली बस्नुपर्ने अवस्था सिर्जना भएकाले तत्काल उचित कार्यक्रम ल्याउन आग्रह गरेका हुन्।

    श्रमिक वर्गका अगाडि कोभिड–१९ सँगै भोकमरीबाट बाँच्नुपर्ने चुनौती थपिएको जनाउँदै सभामुख सापकोटाले रोजगारी गुमाएर स्वदेश फर्किएका हजारौं श्रमिकको व्यवस्थापनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका हुन्।

    सभामुखले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘गत वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीका कारण दैनिक छाक टार्न मजदुरी गरेर जीविकोपार्जन गरिरहेका, असंगठित र संगठित क्षेत्रका श्रमिकहरुले रोजगारी गुमाउनु परेको छ । यो क्रम अझै भयावह बन्दै छ । केही सुधारको अपेक्षाका बीच हामी फेरि कोरोनाको दोस्रो लहरको सामना गरिरहेका छौं ।’

    मध्यभोटेकोशीको सुचना

    श्रमिक वर्गका अगाडि कोभिड–१९ सँगै भोकमरीबाट बाँच्नु पर्ने चुनौती रहेको बताएका छन्। कोरोनाका कारण उत्पन्न विषम परिस्थितिले देशभित्रका लाखौं श्रमिक खाली बस्नु पर्ने अवस्था आएको समेत औल्याएका छन्।

    ‘रोजगारीका लागि देश बाहिर पुगेका हजारौं नेपाली श्रमिकहरु रोजगारी गुमाएर स्वदेश फर्किरहेका छन। यस्तो कठिन अवस्थामा राज्यका तर्फबाट श्रमजीवी मजदुर वर्गका लागि विशेष राहतका कार्यक्रम ल्याउनु आवश्यक छ’ भनिएको छ।

    श्रमिक वर्गको ठूलो योगदानबाट बनेको संविधानमा सुनिश्चित श्रमिक मजदुरका हक अधिकार प्रयोगका लागि यो वर्गको एकतावद्ध प्रयास जारी रहने अपेक्षा रहेको बताएका छन्।

    संवैधानिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु वर्तमानको महत्वपूर्ण कार्यभार भएको समेत बताएका छन्। सरोकारवाला सबैले श्रमिक वर्गका हितका लागि गम्भीरतापूर्वक सोच्ने र श्रमिकमैत्री वातावरण बनाउन योगदान गर्ने विश्वास लिएका छन्।

    उपलब्ध स्रोत साधनको उच्चतम प्रयोगमार्फत् स्वदेशमा अवसरको सुनिश्चितता, श्रम अनुसारको पारिश्रमिक एवं सामाजिक सुरक्षाको पक्षमा संघीय संसद् सदैव रहेको विश्वास दिलाउँदै यो दिवसले श्रमिक मजदुरको हक, हित र अधिकार स्थापित गर्न योगदान गर्ने अपेक्षा गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस