बैशाख १७, २०७८
चौतारा : हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले कोरोना रोकथाम तथा न्यूनिकरणमा पालिका गम्भिर भएर लागेको बताएका छन्। महामारीलाई ध्यानदिदै आफ्नो गाउँपालिका सुरक्षित राख्नका लागि विभिन्न कामलाई तिव्रता दिएको बताएका छन्।
नागरिकको सुरक्षाको लागि आफुले आइसोलेशनबाटै पनि विभिन्न व्यक्तिहरु परिचालन गरिरहेको बताए। कोरोना संक्रमण भएसँगै गाउँपालिकामा निषेधाज्ञा घोषणा गरिएको छ।
वृद्धवृद्धा तथा दिर्घरोगिहरुमा रोगको संक्रमण फैलिन नदिनका लागि आफुले प्रयास गरिरहेको समेत बताए।
केहिदिन अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन समेत आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस