२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

‘वामपन्थीसँग जोरी खोज्नु कुईनोले पहरो धकेल्नु सरह हो’

Thumbnail
  • २०७४ कार्तिक १२, आईतबार मा प्रकाशित ७ साल अघि
  • खबरज्योति
    १२ कार्तिक २०७४, सिन्धुपाल्चोक ।

    सिन्धुपाल्चोक प्रतिनिधि सभा २ का उम्मेदवार शेरबहादुर तामाङले प्रतिपक्षीको भन्दा भारी मतान्तरले आफु विजयी हुने बताएका छन् ।

    वामपन्थी गठबन्धनका साझा उम्मेदवार तामाङले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारसँग आफ्नो खासै प्रतिष्पर्धा नहुने ठोकुवा गरे । बिहीबार मेलम्चीमा प्रदेश स्तरीय संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै तामाङले सो कुरा बताएका हुन् । यस्तै २ नं. प्रतिनिधि सभा अन्र्तगत २ प्रदेश सभाका उम्मेदवार एवम् माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य दावा तामाङले २००७ सालमानै जनताले बिदाई गरिसकेका राणा शासनका अवशेषलाई कांग्रेसले बोकेर हिँड्नु दुखद् रहेको बताए । लोकतान्त्रिक शक्तिले बामपन्थी शक्तिसँग जोरी खोज्नु भनेको कुईनोले पहरो धकेल्नु सरह हुने तामाङले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस