२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

सरकारले भन्यो : कोरोना धान्नै नसक्ने गरी बढ्ने देखियो, सतर्कता अपनाऔँ

  • २०७८ बैशाख ९, बिहिबार मा प्रकाशित ३ साल अघि
  • बैशाख ९, २०७८

    चौतारा : कोभिड–१९ संक्रमण अत्याधिक बढिरहेकोले अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजिक प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो आग्रह गरेका हुन् ।

    ‘हाम्रा संरचनाले धान्नै नसक्ने गरी बिरामीहरूको संख्या बढ्ने संकेत प्राप्त भएको छ,’ उनले भने, ‘यसकारण अत्यन्त काम नपरी घरबाहिर नस्किन अनुरोध छ । सभा, सम्मेलन र जात्रा नगर्नुहुन अनुरोध गर्न चाहन्छु ।’

    पछिल्लो समय प्रत्येक चार दिनमा संक्रमण दोब्बर भइरहेको भन्दै सबैले सतर्कता अपनाउन उनले आग्रह गरे । ‘पछिल्लो समय संक्रमणदर अत्याधिक बढेको छ,’ उनले भने, ‘आज मात्रै २ हजार ३ सय बढी नयाँ संक्रमित थपिनुभएको छ । हरेक चार दिनमा संक्रमण दोब्बर भइहरहेको छ । काठमाडौंलगायत ठूला सहरमा दिनानुदिन बढ्दैछ ।’

    यस्तो अफ्ठ्यारो स्थितिमा हामी सबैले संक्रमण रोक्न अभ्यस्त हुनुपर्ने उनले बताए । ‘थाहा पाई पाई भीडभाडमा जाने, भीड जम्मा गर्ने, विवाह, व्रतबन्धमा जाने, सभा समारोह गर्ने, केही हुँदैन भनेर भोजभतेर गर्ने वा भीडमा सरिक हुने काम नगरौं । मास्क नलगाई भीडमा जाने पनि हामीले देखिरहेका छौं । स्वास्थ्य मापदण्ड पालना गरिरहेका छैनौं, जोखिममा पारिरहेका छौं । सबैले मास्क अनिवार्य लगाउने । दूरी कायम गर्ने, भीडमा नजाने, नगर्ने गर्नुपर्छ’ उनले भने । 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस