२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

प्रशासनले भन्यो : लामो दुरीको सवारी साधनले बीच बाटोमा यात्रु नचढाउनू

  • २०७८ बैशाख ८, बुधबार मा प्रकाशित ३ साल अघि
  • बैशाख ८, २०७८

    चौतारा : जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले लामो दुरीको सवारी साधनहरुलाई बीच बाटोमा यात्रु नचढाउन निर्देशन दिएको छ।

    मंगलबार प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलको अध्यक्षतामा बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो।

    सवारी साधनले सिट क्षमताभन्दा धेरै यात्रु चढाउन समेत रोक लगाएको छ। यस्तै, सार्वजनिक क्षेत्रमा २५ जनाभन्दा धेरै मानिसको जमघन नगर्न समेत आग्रह गरेको छ।

    विवाह, मलामी तथा धार्मिक क्रियाकलापमा स्वास्थ्य मापदण्डको पालना गर्दै २५ जनाभन्दा धेरै सहभागी नहुने आग्रह समेत गरेको छ।

    यस्ता छन् बैठकको निर्णयहरु

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस