खबरज्योति
८ कार्तिक २०७४, सिन्धुपाल्चोक ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले निर्वाचन सुरक्षालाई ध्यानमा राखेर विशेष सुरक्षा योजना ल्याएको जनाएको छ ।
मंसिर १० गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको लागि हुन लागेको निर्वाचनमा हुन सक्ने संभावित घटनाहरुलाई ध्यानमा राखि सुरक्षा व्यवस्थालाई सुरक्षित पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी मोहनप्रसाद पोखरेलले जानकारी दिए ।
विशेष सुरक्षा योजना अन्तर्गत प्रहरीले इजाजत पत्र (लाईसेन्स) विना सञ्चालन भएका होटल, पसलहरुलाई कारबाही गर्ने जनाएको छ । इजाजत बिना सञ्चालन भएका होटल र पसलहरुलाई एक साता भित्र कानुनी प्रकृयामा आउन सूचना गरेपनि व्यवसायीहरुले अटेर गरेपछि प्रहरीले कारबाही सुरु गर्न लागेको एसपी पोखरेलको भनाई छ ।
राती नौ बजेपछि सबै होटल, पसलहरु बन्द गर्न र घरेलु मदिरा बेचविखन रोक्न समेत प्रहरीले उर्दी जारी गरेको छ । मादकपदार्थ सेवन गरेर होहल्ला गने, समाजमा अशान्ती फैलाउने, जुवा तास खेल्नेहरु प्रति पछिल्लो समय जिल्ला प्रहरी आक्रमक देखिएको छ ।
प्रतिक्रिया दिनुहोस