२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

सडक स्तरउन्नतीको लागि दुई सडक छनोट, ४०/४० लाख बजेट विनियोजन

  • २०७७ चैत्र २०, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • चैत २०, २०७७

    चौतारा : सिन्धुपाल्चोक जिल्लाको दुवै संघीय निर्वाचन क्षेत्र अन्तर्गत १/१ वटा स्तरउन्नतीको लागि छनोट भएका छन्। संघीय सरकारले एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक को अवधारणा अनुसार सिन्धुपाल्चोकका दुवै निर्वाचन क्षेत्रको सडक समेटिएका हुन्।

    यसको घोषणा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार (भोलि) घोषणा गर्ने निर्णय समेत भएको छ।

    एमाले नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङको बिशेष पहलमा योजना छनौट भएको बताएका छन्।

    सिन्धुपाल्चोक जिल्लाको लागी छनौट भएका सडकहरुमा भदौरे – सिन्धु धुसिनि – कटुन्जे – मेलम्ची बजार – नवलपुर – चौतारा – नौबिसे र टुनिबोटे – मिल डाँडा – मांखा – चिम्लिङ – मानेस्वारा – भैरवकुण्ड सडक रहेको उनले बताए।

    पहिलो चरण अन्तर्गत दुवै सडकमा ४०/४० करोड खर्च गरेर कालोपत्रे गर्दै लाने कार्यक्रम रहेकोे छ ।

    आगामी आर्थिक वर्षमा शुरु हुने गरी सिन्धुपाल्चोकका अरु थप सडकहरु पनि कालो पत्रेको लागि पहल बताएका छन्।

    निर्माणाधीन साँखु फट्केश्वर सडकको तिब्रता दिनुको साथै मध्य पहाडी सडकको बाहुनेपाटी – पाटीभन्ज्याङ सडकखण्ड मध्य पहाडी सडक डिभिजनले जिम्मा लिएर यसै आर्थिक बर्षबाट सडक चौडा गरेर कालोपत्रे गर्ने कामको प्रारम्भ हुने समेत बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस