२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

माओवादीले यसकारण फिर्ता लिएन सरकारलाई दिएको समर्थन

  • २०७७ चैत्र २०, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • चैत २०, २०७७

    काठमाडौं : सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे माओवादी केन्द्रले अझै निर्णय लिन सकेन। बिहीबार बिहान बसेको स्थायी कमिटीको बैठकमा समर्थन फिर्ता लिनेबारे छलफल भएको भए पनि केही दिनमा निर्णय लिने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

    बैठकपछि उनले भने, ‘शनिबार वा आइतबार स्थायी कमिटीको औपचारिक बैठक बसेर निर्णय गछौँ। विभिन्न राजनीतिक दलहरूसँग छलफल गर्दा निर्णय लिनका लागि केही समय पर्खेका हौँ।’ उनले सरकारलाई दिएको समर्थन फिर्ता लिनका लागि पत्र लेख्न मात्रै बाँकी रहेको बताए।

    ‘यो सरकारलाई हाम्रो समर्थन छैन। प्राविधिक रूपमा हामीले पत्र नलेखेकाे मात्रै हो। अदालतको निर्णयले पार्टी दुईवटा बनाएपछि उहाँहरूले मागेको पनि छैन हामीले दिएका पनि छैन’ उनले भने, ‘सबै राजनीतिक दललाई अन्त्मि निर्णय माग गरेका छौँ। उहाँहरुले स्पष्ट रुपमा आफ्नो धारणा राखेपछि निर्णय लिन्छौँ।’

    आफूहरुले प्रतिगामी कदम चाल्ने सरकार ढालेर त्यसविरुद्ध उत्रेका दलहरूको सरकार बनाउन चाहेको सुनाए। 

    ‘अरू दलसँग हामीले वार्ता गरिरहेका छौँ। उहाँहरुले स्पष्ट रुपमा धारणा राख्नुपर्यो भनेका हौँ। ओलीलाई समर्थन गरे पनि हुन्छ’ उनले भने, ‘हामी ओली सरकारलाई हटाएर संसद दुई बर्ष चलाउन चाहान्छौँ। प्रतिगामी कदम चाल्ने सरकार अदालतको निर्णयपछि जानुपर्ने हो। हामीले प्रतिगमनको विरुद्ध लाग्ने मिलेर सरकार बनाऔँ भनेका हौँ। हामी अरुलाई लाद्न सक्दैनौँ।’ 

    उनले बैठक पार्टीको संगठानीक गतिविधिलाई कसरी प्रभावकारी ढंगले चलाउने भन्ने बिषयमा छलफल भएको पनि बताए। 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस