२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

दूधसँग के के कुरा खानु हुँदैन ?

  • २०७७ चैत्र १७, मंगलबार मा प्रकाशित ३ साल अघि
  • चैत १७, २०७७

    एजेन्सी : दूध पिउँदा शरीरलाई अनेकौं फाइदा हुन्छ । यसमा भएको क्याल्सियम, म्याग्नेसियम र भिटामिनले हाम्रो हड्डी बलियो बनाउँछ । तर दूधसँग गलत खानेकुरा खानुभयो भने चाहिँ त्यसले विषको काम गर्छ र शरीरलाई हानि हुन्छ । के के कुरा खानुहुँदैन दूधसँग ?

    सुन्तला, अंगुर र कागती

    दूध पिउनेबित्तिकै केही मानिस कागतीपानी पिउँछन् । पेटमा गएर यी अम्लीय पदार्थले दूधलाई फटाइदिन्छन् । यसकारण पेटमा विषालु पदार्थ उत्पन्न हुन्छ र अनेकौं समस्या आउँछ । अनि यसले रुघाखोकी, कफ र एलर्जीको समस्या आउँछ ।

    मासु
    दूध र मासु दुवै भारी पदार्थ हुन् र यिनको एकैचोटि सेवन गर्दा शरीरमा पोषक तत्त्वको अधिकता हुन्छ र पचाउन मुश्किल पर्छ । पाचन प्रक्रिया बिग्रेर एसीडीटीको समस्या आइलाग्छ ।

    माछा
    माछा खाएपछि दूध पिउँदा पेटमा अम्ल उत्पन्न हुन्छ र खाना नपच्ने र पेट दुख्ने समस्या आइलाग्छ ।

    नून
    दूधसँग कुनै पनि नूनिलो खानेकुरा नखानुस् । यसको तत्कालीन असर नदेखिएपनि वर्षौंसम्म यसो गर्दा शरीरमा सेता दागहरू देखिन थाल्छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस