चैत १५, २०७७
काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले संसद्लाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि भगीरथ प्रयत्न गरिने बताएका छन्। संसदीय मामिला पत्रकार समाजको सातौँ अधिवेशन उद्घाटन समारोहलाई शनिबार सम्बोधन गर्दै संसद्लाई जीवन्त बनाउन आफ्नो ब्रह्मले निर्णय गर्ने बताए।
‘त्यो निर्णयलाई इतिहासले मूल्याङ्कन गर्नेछ, जनताका लागि जनप्रतिनिधि सबैभन्दा नजिकको हुन्छ, जीवनसाथीभन्दा जनप्रतिनिधिमाथि विश्वास गरिएको हुनाले त्यसैअनुरुप भूमिका निर्वाह गर्न प्रयत्न गर्नेछु’ उनले भने।
समस्या, चुनौती, वादविवाद, बहस हुँदै समाधानमा जाने भएकाले अहिले त्यही मार्गमा जान लागेको उनले सुनाए। समाजले संसदीय मामिलामा अनुसन्धानात्मक पत्रकारिता गर्ने विश्वास पनि सभामुख सापकोटाको छ ।
प्रतिक्रिया दिनुहोस