२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

युवाको सक्रियतामा पर्यटक लोभ्याउन हेलम्बुमा होली धमाका

  • २०७७ चैत्र ७, शनिबार मा प्रकाशित ३ साल अघि
  • चैत ७, २०७७

    चौतारा : होलीको अवसर पारेर हेलम्बु युवा समाजले हेलम्बुको पर्यटन प्रवर्द्धनका लागि प्रथम हेलम्बु होली धमाका तथा साङितिक कार्यक्रम आयोजना गर्ने भएका छन्।

    होलीको अवसरमा हेलम्बु युवा समाज क्लबले चनौटेको रातोपुलमा कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक तथा समाजसेवी मंगल दंगालले जानकारी दिए।

    हेलम्बुको पर्यटकिय क्षेत्रको विकासका लागि कार्यक्रम गर्नका लागि कार्यक्रमको आयोजना गरिएको उनले बताए।

    प्राकृतिक, सांस्कृतिक, धार्मिक र आध्यात्मिक महत्त्व बोकेको हेलम्बुमा कोरोना कहरका कारण पर्यटकहरू नगण्य मात्रामा पुग्ने युवा व्याबसायी तथा समाजसेवी नवीन कक्षापति बताउँछन्।

    होलीको अवसरमा आयोजित कार्यक्रमलाई सफल बनाउन सबैलाई आह्वान समेत गरेका छन्।

    कोरोना कहरका कारण ठप्प भएको हेलम्बुको पर्यटनलाई पुन सुचारु गर्न सरकार, स्थानीय सरकार, गाउँपालिका, वडा र स्थानीय युवाहरूले आफ्नो सक्रिय भूमिका निर्वाह गर्दै आइरहो छन्। कार्यक्रममा होलीको रङ्ग सँगसँगै त्यहाँको प्राकृतिक सौन्दर्यताको बेजोड ढङ्गले त्यहाँ पुग्ने जो कोहीलाई मोहनी लगाउने आयोजकहरू बताउँछन्।

    कार्यक्रममा होली खेल्न आउने जो–कोही आन्तरिक तथा बाह्य पर्यटकहरूले सफा गाउँघर, आग्रानिक खानेकुरा, शेर्पाहरूको न्यानो आतिथ्य सत्कार, हिमाल तथा पहाडी भूभागको सुन्दर मनोरम दृश्यको नजिकबाट रसास्वादन गरी बेग्लै खाले अनुभव समेत गर्न सक्ने आयोजकले जनाएको छ।

    प्रथम हेलम्बु होली धमाका तथा सांस्कृतिक कार्यक्रमले हेलम्बु पर्यटनलाई टेवा पुग्ने आयोजकको अपेक्षा छ। धार्मिक, पर्यटकिय र बन्दै गरेको हिमालयन ग्रेटलाइ प्रचारप्रसार गर्न समेत कार्यक्रममो उद्देश्य लिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस