२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

एमाले एकढिक्का बनाउने जिम्मेवारी ओलीको काँधमा : शेरबहादुर तामाङ

  • २०७७ चैत्र ५, बिहिबार मा प्रकाशित ३ साल अघि
  • फागुन ५, २०७७

    चौतारा : नेकपा एमालेको केन्द्रीय सदस्य तथा पूर्व मन्त्री शेरबहादुर तामाङले नेकपा एमालेको सच्चा कार्यकर्ता बनेर पार्टीलाई एक ढिक्का बनाउन नेतृत्वलाई सुझाव दिएका छन्।

    मेलम्ची नगरपालिकाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘सर्वोच्चले नेकपा एमाले ब्युताएकाले अब पार्टीलाई एक ढिक्का बनाउने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीको काँधमा आएको छ। अब झिनामसिना काममा अल्झेर बस्न हुदैन।’

    उनले देशले समृद्धि खोजेको उल्लेख गर्दै अब एक भएर पार्टिका गतिविधिलाई अगाडि बढाउनुपर्नेमा जोड दिए।

    भेलामा बागमति प्रदेशको अर्थ समितिका सभापति एवम् एमालेका नेता सरेश नेपालले अझै पनि एमाले विभाजन गर्न केहि तत्वहरु लागिपरेको भन्दै एमाले विभाजन गर्ने दिजा सपना नदेख्न चुनौति दिए।

    पार्टीलाई एकताबद्ध र अनुशासीत तरिकाले अगाडि बढाउन छाडेर पार्टि अध्यक्षसँग सल्लाह नगरी गुटगत भेला गर्दै केहि नेता हिडेको भन्दै एमाले पार्टिको लागि त्यस्तो गतिविधि स्वीकार्य नहुने तर्क गरे।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस