२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

कांग्रेस नेता जोशीको भेन्टिलेटरमा उपचार हुँदै

  • २०७७ चैत्र ४, बुधबार मा प्रकाशित ४ साल अघि
  • चैत ४, २०७७

    काठमाडौं : नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको अवस्था नाजुक रहेको छ। गत फागुन १४ गते मष्तिष्कघात भएर थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत जोशीको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ।

    केही सञ्चारमाध्यमले जोशीको निधन भएको खबर प्रकाशित गरेपछि अस्पतालले बिहानै विज्ञप्ति निकालेर जानकारी दिएको हो। ​

    यस्तो छ अस्पतालको विज्ञप्ति

    यस नर्भिक इन्टरनेशनल हस्पिटलमा मष्तिष्कघात भई उपचार गराइरहनुभएका नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । उहाँको हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ ।

    फागुन १४ गते मष्तिष्कघात भई उपचारका लागि उहाँलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । केही दिनको उपचारपछि उहाँको अवस्थामा सुधार आएको थियो । आफैंले श्वासप्रश्वास गर्नुभएपछि केही दिन उहाँलाई भेन्टिलेटरको सपोर्टबिना नै राखिएको थियो । तर, अवस्था पुनः बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको थियो र हाल भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको जानकारी गराउन चाहन्छौं । उहाँको अहिलेको अवस्था गम्भीर रहेको छ । 

    प्रमुख–कर्पोरेट कम्युनिकेसन एण्ड पिआर डिपार्टमेन्ट
    नर्भिक इन्टरनेशनल हस्पिटल प्रालि

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस