चैत ३, २०७७
चौतारा : छोटो समयमै चिनबाट काठमाडौं पुग्ने लक्ष्यका साथ तातोपानी नाकाबाट आयात गरिएको रासायनीक युरिया मल अझै तातोपानी भन्सारको गोदाममा नै थन्कीएर बसेको छ ।
चिनको सिगात्सेबाट छुटेको बढीमा १० दिनमा काडमाण्डौं पुग्ने लक्ष्यका साथ तातोपानी नाकामा आइपुगेको मल झण्झटीलो सरकारी प्रकृयाका कारण नेपाल प्रवेश गरेको १० दिन देखि नाकामा नै अड्कीएर बसेको हो ।
हरेक बर्ष रासायनीक मलको अभाव झेलिरहेका नेपाली किसानको लागि यस वर्ष अभाव हुन नदिन पहिलोपटक उत्तरी नाकाबाट मल ल्याउन सुरु गरिएपनि प्रकृयागत तयारी हुन नसक्दा भन्सारबाट मल अगाडी बढ्न सकेको छैन ।
पहिलो पटक फागुन २३ गते भन्सारमा आइपुगेको मल बढीमा एक हप्तामा काठमाण्डौं पुग्ने कृषि तथा पशुपँक्षी विकास मन्त्रालयको अपेक्षा भएपनि उसैले भन्सारबाट मल छुटाउने अनुमती नदिदा १० दिनदेखी भन्सारमा अलपत्र परेको हो । चिनको सिगात्से शहरबाट बढीमा ३ दिनमा मल नेपालको भन्सार गोदाममा आइपुग्छ ।
यसअघि दक्षिणी नाकाबाट मात्रै मल भित्रने गरेकोमा उत्तरी नाका तातोपानीबाट समेत मल भित्रीयपछि किसानलाई राहत हुने अपेक्षा गरिएको थियो । कृषि विभागबाट आवश्यक प्रकृया पुरा गराउन नसक्दा मल भन्सारको गोदाममै रहेको र अब प्रकृया पुरा भएर आँउदा समेत मल काठमाण्डौ पुग्न अझै कम्तीमा एक हप्ता लाग्ने तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले बताए ।
भन्सारमा अहिले करिब ३ सय टन मल गोदाम भएर बसेको भन्सार कार्यालयले जनाएको छ । उत्तरी नाकाबाट पहिलोपटक रासायनिक मल भित्रनु एकदमै सुखद कुरा भएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए ।
भन्सार कार्यालयमा आएको सबै परिमाणको मल तुरुन्तै चेकजाँच गर्न आफुहरु सक्षम रहेको बताउदै प्रमुख खत्रीले अरनिको राजमार्ग स्तरोन्नति हुन सकेमा नाकाबाट आयात बढ्ने बताए ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट ढुवानीको अनुमति पाएकोि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सिल्क ग्रुपसँग ढुवानीको सम्झौता गरी चिनको सिगात्से शहरबाट तातोपानी नाका हुँदै नेपाल ल्याउन लागेको हो ।
शुक्रबार चीनको सिगात्सेबाट नेपाल भित्रिएको युरिया मलको प्रगतीबारे जानकारि दिँदै आयात ढुवानी कम्पनी सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाले एक महिना भित्र आफूहरुले जिम्मा पाएको चार हजार मेट्रिक टन युरिया नेपाल आईसक्ने जानकारी दिए ।
‘अहिले दैनिक पाँचदेखि सात वटा ४० फुटे कन्टेनरमा मल आयात भइरहेको छ, शेर्पाले भने, ‘विचमा अन्य कुनै समस्या नआएमा एक महिनामा सबै चार हजार मेट्रिक टन मल ल्याईसक्छौ ।’
एउटा ठुलो कन्टेनरले २ मेट्रिक टन मल ढुवानी गर्न सक्छ ।
नेपालका हरेक वर्ष युरिया मल अभाब हुने समस्यालाई निराकरण गर्न उत्तरी नाका चीनबाट आयात परीक्षण गरिएको कृषि तथा पशुपंक्षि मन्त्रालयका सहसचिब काञ्चनराज पाण्डेले जानकारी दिए ।
‘यस अघि दक्षिणी नाकाहुँदै विरगञ्जबाट मात्र रासायनिक आयात हुन्थ्यो’– गत शुक्रबार भन्सारमा रहेको मल गोदामको अनुगमन गर्दै पाण्डेले भने, ‘केन्द्रबाट भेण्डर खोलेर आयात गर्दा समयमा आईनपुग्ने तथा आयात कर्ताले ल्याउनै कठिनाई भइरहेको थियो ।’
पाण्डेले चीनबाट आयात भएको युरिया मल कम्तिमा दश दिनमै नेपाल आईपुग्ने र प्रति किलो दुई देखि तीन रुपैया सम्म सस्तो पर्ने समेत पाण्डेले बताएका थिए ।
चीनबाट आयात भएको युरिया पहिलो चरणमा सिन्धुपाल्चोक सहित काभ्रे , दोलखा लगाएतका नजिकका जिल्लाहरुमा बितरणको तयारी रहेको कुषि बिभागका महाँनिर्देशक डा गोबिन्द प्रसाद शर्माले जानकारि दिए । ‘चीनबाट युरिया आयातको ट्रायल सुरु भएको छ, शर्माले भने, ‘चीनबाट छिटो र सुलभ मुल्यमा मल नेपाल आएको र नेपाली किसानले यो वर्षबाट मल अभाव भोग्नु पर्दैन ।’
नेपालमा भारत, बङ्गलादेश र चीनबाट रासायनिक मल भित्रिने गरेको छ । मल अभाव नहोस् भनेर सरकारले पर्याप्त रूपमा मलको भण्डारण गर्न लागेको भनिएपनि मल भन्सारमै अड्कीएर बस्नु दुखद कुरा हो । जेठदेखि भदौसम्म मलको अत्यधिक माग हुने हुँदा समयमै किसानसम्म मल पुराउनको लागि सरकारले विशेष ध्यान पुराउनु पर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस