चैत २, २०७७
काठमाडाैं : नेकपा एमाले माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएको छ। आज माधव नेपाल समूहका ११ जना स्थायी समिति सदस्यले संयुक्त वक्तव्य जारी गर्दै ओलीविरुद्ध केपी ओलीको राज्यसत्ता दक्षिणपन्थी र विसर्जनवादी भएको आरोप लगाएका छन्।
साथै यसविरुद्ध दृढतासाथ अघि बढ्नु आजको आवश्यकता भएको उनीहरूले ठहर गरेका छन्। कम्युनिष्ट पार्टीको नीति सिद्धान्त आफूहरूसँग रहेको भन्दै उनीहरूले ओलीका गुटका कदमलाई असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी कुकृत्य करार गर्दै यसलाई पराजित गरी छाड्ने उल्लेख गरेका छन्। त्यस्तै वामपन्थी एकतालाई बढाउन उनीहरूले कार्यकर्ता तहमा आह्वान पनि गरेका छन्।
आयोगमा पत्र
नेकपा एमालेमा संस्थापनपक्षले पछिल्लो समय गरेका निर्णय कार्यान्वयन रोक्न मागगर्दै इतरपक्षले पत्र बुझाएको छ। प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले गत शुक्रबार गरेका निर्णयहरूको कार्यान्वयन रोक्न मागगर्दै माधवकुमार नेपाल समूह आइतबार आयोग पुगेको हो।
पत्रमा ओली पक्षले हुुकुमी शैलीमा गरेका निर्णयलाई वैधानिकता नदिन अनुरोध गरिएको नेपाल पक्षका नेता भीम आचार्यले थाहाखबरलाई जानकारी दिए। नेपाल पक्षका ११ जना स्थायी कमिटी सदस्यहरूले हस्ताक्षर गरेर आयोगमा पत्र बुझाएको उनले जानकारी दिए।
पत्रमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्षत्रय युवराज ज्ञवाली, अष्ठलक्ष्मी शाक्य, भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव भीम प्रसाद आयार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, स्थायी कमिटी सदस्यद्वय मुकुन्द न्यौपाने र सुरेन्द्र पाण्डेले पत्रमा हस्ताक्षर गरेका छन्।
पत्रमा पार्टीको विधानको धारा १३ र १३ ९क० बमोजिम पार्टी विधानको संशोधन केवल राष्ट्रिय महाधिवेशन र विधान अधिवेशनले मात्र गर्न सक्ने स्मरण गराइएको छ। ‘पार्टी विधानको धारा ४१ मा पार्टीका विभिन्न कमिटीका बैठकहरुको आयोजना हुने विधि निर्धारण गरिएको छ।
प्रतिक्रिया दिनुहोस