२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

म जेल जान र मर्न परे पनि तयार छु तर, छाड्नेवाला छैन : प्रचण्ड

  • २०७७ फागुन २८, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • फागुन २८, २०७७

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू कोर्स करेक्सन गरेर फेरि प्रतिक्रियावादीसँग लड्न क्रान्तिमा जाने बताएका छन्।

    नयाँ नमुना स्वास्थ्यकर्मी संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अहिले पनि सम्झौता गर्नु भनेको आफूलाई सम्पूर्ण रुपमा सक्नु हो भनेर नै मैले एउटा युद्ध नै छेडेको हो म अब जेल जान परे पनि वा मर्नु परे पनि मर्न तयार छु।’

    उनले यस अघि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा रहँदा १९ बुँदे दस्तावेज लेख्ने क्रममा देशको अबस्था जटिल हुँदै गएको र अर्को जनयुद्धको थालनी भएको अनुभुति गरेको समेत बताए।

    ‘हामी सजग भएर आफ्ना खुट्टामा उभिनु पर्छ । हाम्रा आफ्नै केही साथिहरू छुट्दा केही कम्जोर महसुस भएको छ । अब हामी त्यसो हुन दिँदैनौं र फेरि जनतासँग जोडिने देश व्यापी अभियान चलाउने छौं’ उनले भने।

    ‘म काठमाडौं भन्दा बाहिर फेरि जनाताबीचमा बस्ने सोचमा छु । हाम्रा उपलब्धीमाथि धावा बोल्ने प्रयास भएको छ हामीले आफ्नो धर्तीमा टेकेर मात्र प्रतिकृयावादीलाई परास्त गर्न सकिन्छ’, उनले भने।

    कतिपयले उमेरका कारण अरुलाई छाड्ने कि भन्ने गरेका छन तर आफूले नछाड्ने तर्क गर्छन्। चीनमा माओले ७२ वर्षको उमेरमा क्रान्ति गरेका बताउँदै एक पटक छाडनेवाल नभएको दाबी गरे।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस