२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

सत्ता समीकरणको जोडबल : एमाले र माओवादी दुवैको नजर कांग्रेस र जसपा

  • २०७७ फागुन २६, बुधबार मा प्रकाशित ४ साल अघि
  • फागुन २६, २०७७

    काठमाडौं : सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनःस्थापना र नेकपा खारेज गरेसँगै भावी सत्ता समीकरणका लागि राजनीतिक दलहरुबीच जोड घटाउ सुरु भएको छ ।

    त्यसका लागि प्रमुख राजनीतिक दलहरु नेकपा एमाले, नेपाली काँग्रेस माओवादी केन्द्र र जनता समाजवादीबीच छलफल सुरु भएको हो ।

    सत्ता सहकार्यका लागि नेकपा एमालेले जनता समाजवादी पार्टी र नेकपा माओवादीले नेपाली काँग्रेससँग आन्तरिक छलफल सुरु गरिसकेका छन् । मंगलबार बसेको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग छलफल अघि बढाउने निर्णय गरेको थियो ।

    माओवादी बैठकले त्यस्तो निर्णय गरेलगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर यसबारे कुराकानी गरेका छन् । यस्तै जनता समाजवादीले दुई सदस्यीय कार्यदल बनाएर दलहरूसँग वार्ता गर्ने औपचारिक घोषणा नै गरिसकेको छ ।

    मंगलबार बसेको सो पार्टीको संसदीय दलको बैठकपछि नेता राजेन्द्र महत्तोेले सबै दुई सदस्यीय वार्ता समितिलाई विस्तार गर्दै सबै दलसँगको वार्ता अघि बढाउने निर्णय गरेको छ।

    एमालेले पनि उपमहासचिव विष्णु पौडेलको नेतृत्वमा संसदीय दलका उपनेता सुवास नेम्वाङ रहेको वार्ता समिति गठन गरेको छ ।

    सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको फैसला गरेपछि नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै नयाँ सत्ता समीकरणका लागि दलहरुबीच गृहकार्य तीव्र बनेको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन माओवादीले फिर्ता लिएमा सरकार टिकाइराख्न अर्को दलको साथ अनिवार्य छ । यस्तो अवस्थामा ओलीले जसपा र काँग्रेसको समर्थनका लागि साथ दिन आग्रह गर्दै आएका छन् भने माओवादी केन्द्रले पनि काँग्रेस र जसपाको साथ लिएर ओली सरकारलाई विस्थापन गर्ने रणनीति बनाएको छ ।

    सोही रणनीति अनुसार प्रधानमन्त्रीबाट ओलीलाई हटाएर नयाँ गठबन्धनका प्रचण्ड र देउवालाई भेट्न बुढानिलकण्ठ पुगेको श्रोतको दावी छ । २७५ सदस्यीय प्रतिनिधिसभामा मुख्य चार दल एमाले १२१, काँग्रेस ६३, माओवादी केन्द्र ५३ र जसपाका ३४ सांसद छन् । नयाँ सरकार बनाउन १३८ सांसद आवश्यक पर्छ । जुन अहिलेको अवस्थामा कुनै पार्टीसँग पनि छैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस